सुलुबुङ । इलामको सन्दकपुर-३ सुलुबुङमा जारी चाैथाे टारी गाेल्डकप एवम पर्यटन महाेत्सवमा घायल बाेइज जमुना र न्यु रेभुलाेसन टिम (एनआरटी) भेट्रान्स विजयी भएका छन् । उद्घाटन खेलमा घायल बाेइजले टारी एफसीलाई ३-१ गाेल अन्तरले हराएकाे हाे ।
भेट्रान्स तर्फ सुम्बेक भेट्रान्सलाई ३-१ ले हराउँदै एनआरटीले अन्तिम ६ मा स्थान बनाएकाे छ । टारी एफसीका अध्यक्ष महेन्द्र साउदेनकाे अध्यक्षतामा भएकाे भएकाे उद्घाटन कार्यक्रममा सन्दकपुर-३ का वडाध्यक्ष लिल बहादुर बुर्जाकाे प्रमुख आतिथ्यता रहेको थियाे ।
कार्यक्रममा नेकपा एमालेका अध्यक्ष दिपक गुरूङ, नेपाल रेडक्रस साेसाइटीका सभापति सन्ताेष खतिवडाले मन्तव्य राखेका थिए ।