फिक्कल : इलामको सूर्योदय नगरपालिकामा गजलकार योगनिधी भट्टराईको अध्यक्षतामा सूर्योदय गजल मन्च गठन गरिएको छ । सूर्योदय सहित इलामको साहित्यलाई एकीकृत गरी साहित्य उत्थानमा सहयोग पु¥याउने उद्देश्यले गजल मन्च गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा अर्जुन बेदना राई ,सचिवमा विक्रम सुन्दास ,सहसचिवमा दिपेन्द्र आचार्य र कोषाध्यक्षमा टिङ्कु भट्टराई चयन भएका छन् । मन्चको सदस्यहरुमा रणविर राई, सन्तोष खापुङ ,विवेक शर्मा लामिछाने र एन्जिला थामी रहेका छन् ।
उक्त कार्यक्रमले डिल्ली प्रसाद सुवेदीको संयोजकत्वमा सात सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ। जसका सदस्यहरुमा कुल प्रसाद ढकाल ,कविता राई ‘गाउले’ ,प्रेम अधिकारी ,दुर्गा देवी भट्टराई ,डम्बर थापा र नुरज भट्टराई नदी रहेका छन् ।
गजलकार अर्जुन बेदना राईको अध्यक्षतामा भएको मन्च गठन कार्यक्रमको अवसरमा सूर्योदयका साहित्यकारले गजल ,कविता वाचन गरेका थिए। गजल मन्च दर्ता गरी साहित्यका विविध बिधामा काम गर्ने नव गठित समितिका अध्यक्ष भट्टराईले जानकारी दिए।