माई : माई नगरपालिकामा एक सय ६० परिवारलाई न्यानो कपडा वितरण गरिएको छ। अपाङ्गता भएका ब्यक्ति र विपन्न असाहाय परिवारलाई जाडोमा केहि सहयोग रहोस भन्ने उद्देश्यले प्रवासी नेपाली र नेपाल भित्रका सहयोगीहरुको सहयोगमा न्यानो कपडा बितरण गरिएको हो ।
माई नगरपालिका स्थायी घर भई हाल साउदी अरबमा रोजगारीमा रहेका समाजसेवी नरकुमार मगर र माई–४ निवासी रञ्जित काफ्लेको समन्वयमा संकलित तीन लाख चार हजार दुई सय रुपैँयाको एक सय ६० थान व्याल्याङ्केट खरिद गरी गत मंसीर ३० गतेवाट वडा, टोलमै पुगेर न्यानो कपडा बितरण गरिएको थियो।
प्रवासमा रहेका मगरले त्यहाँ स्थित नेपालीहरुको सहयोगमा रकम संकलन गरेका थिए । नेपाल भित्र काफ्लेले रकम संकलन गरेका थिए । न्यानो कपडा बितरण अभियानमा ६४ जना आर्थिक सहयोग गर्नुहुने र वडा अध्यक्ष सहित १७ जना वितरण कार्यमा सहजीकरण तथा समन्वय गर्ने सहयोगी प्रति हार्दिक आभार प्रकट गरिएको छ ।