इलाम । निर्माण व्ययवसायी संघ इलामको २१ औँ साधारणसभा र १० औँ अधिवेशन पुष १९ र २० गते हुँदैछ । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएकाले निर्माण व्यवसायी संघ इलाममा सदस्यता आवेदन र नविकरणको काम धमाधम हुँदैछ । निर्माण व्यवसायी संघमा अहिलेसम्म ३ सय ६ जना व्यवसायीक कम्पनी वा संस्थाले सदस्यता लिएका छन् । संघमा ९ औँ अधिवेशनपछि ८६ वटा व्यवसायीक संस्था वा कम्पनीले सदस्यता लिएका छन् । तर निर्माण व्यवसायी संघमा चुनावी सरगर्मी बढेपछि डेढ महिनाको अवधिमा ६२ वटा निर्माण व्यवसायीक संस्था वा कम्पनीले सदस्यता लिएका छन् ।
त्यसमध्ये ३२ वटा संस्थाको कुनै डकुमेन्ट नभएको संघका एक सदस्यले जानकारी दिए । निर्माण व्यवसायी संघमा दर्ता हुन कम्पनीमा वा घरेलु तथा उद्योग कार्यालयमा दर्ता भएको प्रमाणमत्र, स्थानीय तहमा दर्ता भएको प्रमाणमत्र, आन्तरिक राजश्व कार्यालयमा दर्ता भएको पान नम्बर आवश्यक पर्छ । स्थानीय तह गठन अघि भएका सदस्यले जिल्ला समन्वय समितिमा दर्ता नविकरण गरि सदस्यता रिनु गराउनुपर्ने प्रावधान रहेको छ । निर्माण व्यवसायी संघमा नयाँ दर्ता गर्दा ६ हजार रुपैयाँ र नविकरणको हरेक वर्ष चार सय रुपैयाँ तोक्नुपर्छ । डकुमेन्ट बिनै सदस्यता वितरण भएको बिषयमा निर्माण व्यवसायीहरुले प्रश्न गरेपछि संघले आज छानविन गर्ने एक पदाधिकारीले जानकारी दिए । यस बिषयमा जानकारी लिँदै निर्माण व्यवसायी संघ इलामका अध्यक्ष सन्तोस कटुवालले सदस्यता पहिला बितरण भएपनि आज साँझ ५ बजेसम्म नयाँ सदस्यता वितरण भएका सदस्यहरुले डकुमेन्ट नबुझाएमा वहाँहरुको सदस्यता मतदाता नामावनलीमा समावेस नगर्ने बताउनुभयो । निर्माण व्यवसायी संघ इलामको निर्वाचनमा अध्यक्षमा डिल्लि खनाल, राजकुमार भक्तराज र निरोज राउतले उमेद्धवारी दिने चर्चा छ ।