इलाम । तमू ल्होसारमा कोरियोग्राफर तथा निर्देशक तथा कलाकार जेडी तमू (जगदीश गुरुङ) सम्मानित भएका छन्। टुँडिखेलमा आयोजित तमू ल्होसार महोत्सव-२०८१ मा तमू ह्यूल छोजधी गुरुङ राष्ट्रिय परिषद काठमाडौँले उनलाई सम्मान गरेको हो।
तमूले कला क्षेत्रमा गरिरहेको कामको मूल्याङ्कनस्वरुप सम्मान गरेको आयोजकले जनाएको छ। इलाम गुरुङ समाज काठमाडौँका केन्द्रीय सदस्यसमेत रहेका जेडी यस वर्ष समाजका प्रतिनिधित्वका रुपमा सम्मानित भएका हुन्।
जेडी तमू विगत १६ वर्षदेखी कला क्षेत्रमा काम गरिरहेका छन। उनी इलामको सन्दकपुर गाउँपालिका-५ जमुनामा जन्मिएका हुन्। भारतबाट डान्समा डिप्लोमा गरेका जेडी अहिले नेपालका स्कुल तथा थिएटरमा नृत्य प्रशिक्षण गरिरहेका छन्।