Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

अखिल क्रान्तिकारीमा उमेर हद लगाउनुपर्ने पक्षमा नतिजा, खुला पक्षधर पराजित

अखिल क्रान्तिकारीमा उमेर हद लगाउनुपर्ने पक्षमा नतिजा, खुला पक्षधर पराजित

  • सन्देश सम्वाददाता
  • आइतबार, पौस १४ २०८१


अखिल क्रान्तिकारीमा उमेर हद लगाउनुपर्ने पक्षमा नतिजा, खुला पक्षधर पराजित

काठमाडौँ । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीमा उमेर हद लाग्ने भएको छ । शनिबार उमेर हद राख्ने कि खुला छाड्ने भन्नेबारे टुंगो लगाउन भएको मतदानको नतिजाअनुसार खुला राख्न हुँदैन भन्ने पक्षधरले जितेको हो । आइतबार राति अबेर सार्वजनिक नतिजाअनुसार उमेर हदको पक्षमा ९०० र खुला राख्ने पक्षमा ८७९ मत आएको प्रमुख निर्वाचन अधिकृत मुक्ति नारायण प्रधानले जानकारी दिए ।

यससँगै अब अखिल क्रान्तिकारीले ३२ वर्षभन्दा मुनिबाट विद्यार्थी नेतृत्व पाउने भएको छ । अखिल क्रान्तिकारीमा ३२ वर्षे उमेरहद लागू गर्नुपर्ने भनेर आवाज उठेपनि पार्टी अध्यक्ष प्रचण्डसहितको आड भरोसामा ३२ वर्षमाथिका विद्यार्थी नेताहरुले बखेडा झिक्दै आएका थिए । तर, जनार्दन शर्मासहितका केही नेता भने ३२ वर्षभन्दा कमबाट नेतृत्व हुनुपर्ने पक्षमा थिए भने सोहीअनुसार मतदानमा मत दर्ज भएको पाइएको छ ।

यसले विद्यार्थीले परिवर्तन चाहेको प्रष्ट सन्देश दिएको एक विद्यार्थी नेताले बताए । ‘पार्टीमा नेतृत्व परिवर्तनको लामो समयदेखि बहस हुँदै आएको छ । यसमा विद्यार्थीले नेतृत्वलाई नै राम्रो पाठ सिकाएको छ’, ती विद्यार्थी नेताले भने, ‘नतिजाले नेतृत्व परिवर्तनमा प्रचण्डलाई पनि सोच्न बाध्य बनाएको छ ।’

प्रतिक्रिया
सम्बन्धित समाचार