Local Sandesh शुक्रबार, कार्तिक २१ २०८३
  • ट्रेण्डिङ :

इलाम सन्दकपुरको डेरी उद्योगमा आगलागी, ३० लाखको क्षति

इलाम सन्दकपुरको डेरी उद्योगमा आगलागी, ३० लाखको क्षति

  • सन्देश सम्वाददाता
  • आइतबार, पौस १४ २०८१


इलाम सन्दकपुरको डेरी उद्योगमा आगलागी, ३० लाखको क्षति

सन्दकपुर । इलामको सन्दकपुरमा रहेको डेरी उद्योगमा आगलागी हुँदा करिव ३० लाखबराबरको क्षति भएको छ । शनिबार बिहान ९ बजे सन्दकपुर–३ तालगाउँ बस्ने ४४ वर्षीय सागर खतिवडाको टिनको छानो सिमेन्टले प्लस्टर गरेको दुईतले घरमा आफैले संचालन गरेको अनुकूल दुध डेरीमा आगलागी भएको हो ।

दुध तताउने क्रममा डेरीमा अचानक भएको सो आगलागीबाट घर, घरभित्र रहेको अन्नपात, लत्ताकपडा र डेरी पूर्णरुपमा जलेर नष्ट हुँदा अन्दाजी ३० लाखबराबरको क्षति भएको इलाम प्रहरीले जनाएको छ । प्रहरी चौकी बन्दुकेबाट खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा बिहान १०ः३५ बजे पूर्णरुपमा आगो नियन्त्रणमा आएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार