इलाम : भारतबाट भन्सार छली गरी ल्याएको मदिरालगायतका सामानसहित बोलेरो र चालकलाई इलाम प्रहरीले पक्राउ गरेको छ । विहिवार इलाम नगरपालिका( ६ खरेलडाँडामा जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको चेकिङ टोलीले नयाँबजारबाट इलाम बजारतर्फ आउँदै गरेको मे १ च ६३२ नम्बरको बोलेरो पिकअप गाडीलाई शंका लागेर चेकजाँच गर्ने क्रममा भारतबाट भन्सार छली गरि ल्याउँदै गरेको अन्दाजी ४ लाख ९९ अजार ३०० रुपैयाँबराबरको सामानसहित बोलेरो र बोलेरो चालकलाई पक्राउ गरेको हो ।
मदिरा र खाद्यान्नसहित पक्राउ पर्ने बोलेरो चालक इलाम माईजोगमाई ५ बस्ने ३६ वर्षीय मिनतेन्जी शेर्पा रहेका छन् । बरामद गरिएका सामानहरुमा सिक्किमे गोल्डेन एलन रम ४६ कार्टुन,ओल्ड मंक बियर १ काटुन,५० केजी को दरले चिनी ८ बोरा, मेरी बिस्कुट ३ काटुन , हेप्पी बिस्कुट १ काटुन, ओरियो बिस्कुट ४ काटुन, सिटोज लेज २ काटुन र किंगफिसर मैदा २ काटुन रहेका छन् ।
बोलेरोसहित ती सामान र चालकलाई जिल्ला प्रहरी कार्यालय इलाम ल्याई पशुपतिनगर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।