Local Sandesh शुक्रबार, कार्तिक २१ २०८३
  • ट्रेण्डिङ :

सुनगाभा विकास संस्थामा कुमार श्रेष्ठ सर्वसम्मत

सुनगाभा विकास संस्थामा कुमार श्रेष्ठ सर्वसम्मत

  • सन्देश सम्वाददाता
  • बिहिबार, पौस ११ २०८१


सुनगाभा विकास संस्थामा कुमार श्रेष्ठ सर्वसम्मत

इलाम । सुनगाभा विकास संस्थाको ३६ औं बार्षिक साधारण सभा एवम् ११ औं अधिवेशनबाट कुमार श्रेष्ठको अध्यक्षतामा ७ सदस्यीय कार्य समिति सर्वसम्मत निर्वाचित भएको छ । अधिवेशनले उपाध्यक्षमा रेणुका खड्गी फागो, सचिवमा मधुसुधन श्रेष्ठ, सह–सचिवमा उदय विश्वकर्मा र कोषाध्यक्षमा याम बहादुर प्रधान चयन भएका छन् ।

त्यस्तै संस्थाको सचिवमा सरोज फागो र डाक प्रसाद दुलाल (डिपी) रहेका छन् । ३६ औ बार्षिक साधारण तथा ११ औ अधिवेशन उद्घाटन कार्यक्रममा प्रमुख अतिथि इलाम नगरपालिका वडा नम्बर–७ का वडा अध्यक्ष नरेश श्रेष्ठ, सुनगाभा विकास संस्थाका संस्थापक अध्यक्ष एवम सल्लाहाकार संयोजक कृष्ण प्रसाद श्रेष्ठ, गैर सरकारी संस्था जिल्ला अध्यक्ष इन्दिरा घिमिरे, निवर्तमान अध्यक्ष कमल प्रसाद नेपाल, नेवा देय दवु इलाम अध्यक्ष कमल श्रेष्ठ लगायतले अधिवेशन सफलताको शुभककामना मन्तब्य राखेका थिए ।

कार्यक्रममा संस्थाका उत्कृष्ट कर्मचारी रोशन सुब्बालाई कदर पत्र र दोसल्ला सहित सम्मान गरिएको थियो । सहसचिव मधुसुधन श्रेष्ठले समष्टिगत प्रतिवेदन, कोषाध्यक्ष माई प्रसाद श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष यशोदा देवानले गरेका थिइन् । कार्यक्रममा उत्कृष्ट कर्मचारी रोशन सुब्बालाई कदर पत्र, दोसल्ला सहित सम्मान गरिएको संस्थाका सदस्य विमल दहालले जानकारी दिए ।

सुनगाभा विकास संस्था २०४० साल फागुन ११ गते जिल्ला प्रशासन कार्यालयमा दर्ता भई सामाजिक कार्यमा अग्रसर रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार