इलाम । इलामको गुरुङ समुदायले विविध सांस्कृति कार्यक्रमका साथ तमू ल्होसार मनाउने भएका छन् । इलाम नगरपालिकाको न्हूपी छोलिङ गुम्बामा भेला भएर ल्होसार मनाउने भएका हुन् । इलाम गुरुङ समाजले ल्होसारको अवसरमा पुष १० गतेबाट १६ गतेसम्म विविध कार्यक्रमहरु गर्ने तयारी भएको मूल आयोजक समितिको अध्यक्ष पविमाया गुरुङले बताइन् ।
पुष १० गतेको दिन शुभकामना आदान प्रदान कार्यक्रम राखिएको छ । पुष १४ गते चियाबारीमा ल्होसार कविता र घलेटारमा छेलो हान्ने प्रतियोगिता रहेको छ । पुष १५ गते लामा गुरुहरुद्धारा पुजा पाठ र खुल्ला नृत्य प्रतियोगिता गरिने भएको छ । पुष १६ गतेको दिन समापन र सांस्कृतिक कार्यक्रम गरिने भएको छ ।
अन्न उत्पादनपछि आफन्त बोलाएर भोज गर्ने प्रचलन रहेको बताउँदै आयोजक समितिका हरि गुरुङले स्थानीय सरकारलाई जानकारी गराएर गुम्बा परिसरमा सामुहिक रुपमा मनाउने बताए । गुरुङ परिकारको स्टल राखेर संस्कार संस्कृति र खाध्यान्न बारे जानकारी गराउँदै गत बर्ष चोक बजारमा गरेको कार्यक्रम यस बर्ष गुम्बा परिसरमा हुने उनले बताए ।
पविमाया गुरुङको अध्यक्षतामा उमेश गुरुङ सचिव रहेको आयोजक समिति गठन भएको छ ।