Local Sandesh सोमबार, कार्तिक १७ २०८३
  • ट्रेण्डिङ :

रोङ गाउँपालिकामा नौमती बाजाको संरक्षण गरिदै

रोङ गाउँपालिकामा नौमती बाजाको संरक्षण गरिदै

  • सन्देश सम्वाददाता
  • मंगलबार, पौस ९ २०८१


रोङ गाउँपालिकामा नौमती बाजाको संरक्षण गरिदै

फिक्कलः इलामको रोङ गाउँपालिकाले महिलालाई ब्यवसायिक बनाउदै आर्थिक अवस्था सुधार गर्नका लागि नौमती तथा पञ्चेबाजा संरक्षण अभियान शुरु गरेको छ । हराउँदै गएको संस्कार, संस्कृति ,लोक बाजा, नौमति बाजा, संगीनी नृत्य जस्ता परम्परागत संस्कार संस्कृति संरक्षणका लागि रोङ गाउँपालिका महिला बालबालिका शाखाले अभियान थालेको हो ।

गाउँपालिकाले शुरुमा महिलाका लागि १० दिने नौमती पन्चेबाजा बजाउने तालिम संचालन गरेको महिला बालबालिका शाखा प्रमुख राधिका तामाङले बताइन । रोङ संगीनी समुहका १५ जना महिलालाई तालिम संचालन गरेको रोङ गाउँ पालिका अध्यक्ष मणिकुमार स्याङ्बोले बताए । तालिम माता पाथिभरा महिला नौमती बाजा तालिम केन्द्र बिर्तामोडका प्रशिक्षक कलाकार तारादेबी आचार्य र टिकादेवी प्रसाईले प्रशिक्षण गराएका छन् ।

गाउँपालिका अध्यक्ष स्याङ्बोले महिलालाई सीप सिकाएर ब्यवसायिक बनाउदा परम्परागत संस्कृतिको समेत संरक्षण हुने बताए । ‘महिलाको लगनशिलता हेरेर हामी प्रत्येक वडामा नौमती बाजा तालिम संचालन गरी उहाँहरुलाई ब्यवसायिक बनाउने काममा लाग्ने छौ ’अध्यक्ष स्याङबोले भने ।

रोङले सजिलो काम भएकाले महिलाले नौमती बजाएर ब्यवसायिक बन्न सक्ने भएकाले सबै वडामा महिलालाई तालिम दिने तयारी गरेको छ । बिवाह सहितका शुभ कार्यमा नौमती, पञ्चे बाजा बजाउने गरिन्छ । एक दिन बाजा बजाएको १० देखि १५ हजार सम्म समुहले लिने गरेको पाइन्छ । यस अघि देखि नै सूर्योदय वडा नं. ९ ६ र इलाम नगरपालिका ९ का महिलाले ब्यवसायिक तालिम लिएर नौमती तथा पंञ्चे बाजा बजाएर ब्यवसायिक बनिसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार