Local Sandesh शुक्रबार, कार्तिक २१ २०८३
  • ट्रेण्डिङ :

माङसेबुङमा ट्रकमा च्यापिएर चालकको मृत्यु

माङसेबुङमा ट्रकमा च्यापिएर चालकको मृत्यु

  • सन्देश सम्वाददाता
  • मंगलबार, पौस २ २०८१


माङसेबुङमा ट्रकमा च्यापिएर चालकको मृत्यु

फिक्कल । इलाममा ट्रकमा च्यापिएर चालकको मृत्यु भएको छ । इलामको माङ्सेबुङ गाउँपालिका-३ सल्लेरीमा ट्रकले च्यापिएर पाँचथरको हिलिहाङ गाउँपालिका ७ भारापा बस्ने ३८ वर्षीय कुमार तामाङको मृत्यु भएको हो ।

काठ बोकेको ना ३ ख ६०३७ नम्बरको ट्रक रवि–दमक सडकखण्डमा बिग्रिएपछि गाडी मालिक समेत रहेका तामाङले मर्मत गर्दै थिए । ‘चक्काको नटबोल्ट भाँचिएपछि जग उठाएर मर्मत गर्दै थिए । त्यही बेला जग भासिएर उनी च्यापिए’ जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख एसपी प्रभु ढकालले जानकारी दिए ।

उनको आज बिहान ५ बजे मृत्यु भएको ढकालले बताए । घटना बारे छानबिन भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार