Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

जंगललमा मौरी पालन गर्दै फाकफोकथुमका सन्तोश

जंगललमा मौरी पालन गर्दै फाकफोकथुमका सन्तोश

  • लिला बहादुर लिम्बु
  • मंगलबार, पौस २ २०८१


जंगललमा मौरी पालन गर्दै फाकफोकथुमका सन्तोश

इलाम । इलाम फाकफोकथुम गाउँपालिका ४ फुएतप्पाको लिम्बु गाउँ बस्दै आइरहेको स्थानिय २२ बर्षीय युवा सन्तोष लिम्बुले युट्युब हेरेर जंगली मौरी पालन ब्यवसाय शुरू गरीरहेका छन । सुरूमा विदेश जाने सोचमा रहेका सन्तोष लिम्बुले आर्थिक अभावका कारण पासपोर्ट बनाएर मेन पावर धाउँदा धाउँदा पनि भिषा नआएपछि सोच बदलेर आफ्नै गाउँमा मौरी पालन थालेका हुन् । गाउँमा केहि गर्नु पर्छ भन्ने उत्साह सहित कम आर्थिक लगानीमा जंगली मौरी पालन ब्यवसाय शुरू गरेका थिए । अहिले जंगली मौरी खोजेर ल्याएर घरको वरिपरि १७ वटा मौरी घार राखेर शुरूवात गरेका छन भने ७ वटा जंगलमा घार राखेको बताएका छन् । सन्तोष लिम्बुको भनाइमा प्रत्येक दिन जंगलमा गएर मौरी खोज्ने अनि घरमा घार राख्ने साथै ग्राहकहरूको माग अनुसार एक घार मौरी तिन हजार सम्ममा उपलब्ध गराइन्छ ।
त्यसैगरी मह प्रती बोतल अहिले १८ सयमा मह बेच्ने गरेको त्यही आम्दानीले आफ्नो घर ब्यावहार चलाइरहेको उनले बताए । स्थानिय सरकारले मौरी पालन व्यवसाय गर्न केहि सहयोग गरेमा आफू मौरी पालन ब्यवसाय केहि गर्न सकिन्छ कि भन्ने आशा रहेको उनले बताए । तर आजसम्म स्थानिय सरकारले मौरी पालन ब्यवसायमा ठोस निती नल्याएको मौरी पालन ब्यवसाय शुरू गरेका सन्तोष लिम्बुको गुनासो छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार