मंगलबारे । दाेश्राे दाेश्राे देउमाई अन्तर वडा स्तरिय तरूण कप नकाउट फुटबल प्रतियोगितामा वडा नं २ ले विजयी सुरूवात गरेकाे छ । देउमाई नगरपालिका ४ स्थित भानुभक्त माविको छात्रावास खेलमैदानमा जारी प्रतियोगिताकाे उद्घाटन खेलमा वडा नं ६ लाई १-० गाेल अन्तरले हराउँदै वडा नं २ ले सेमिफाइनलमा स्थान बनाएको हाे ।
वडा नं २ काे जितमा सुदर्शन याेङहाङले निर्णायक गाेल गरे । उनी खेलकाे म्यान अफ दि म्याच घाेषित भए । प्रतियोगिता अन्तर्गत भाेली वडा नं ४ र ५ तथा वडा नं ३ र ९ भिड्नेछन् ।
तरूण दल देउमाईका अध्यक्ष बिमलकाजी खम्बुकाे अध्यक्षतामा भएकाे कार्यक्रममा तरूण दलका केन्द्रीय सदस्य जनकराज तिम्सिनाकाे प्रमुख आतिथ्यता रहेकाे थियाे । कार्यक्रममा देउमाईका विभिन्न वडाका वडाध्यक्ष, जिल्ला फुटबल संघका अध्यक्ष विक्रम श्रेष्ठ, संघ संस्थाका प्रतिनिधि, राजनीति दलका प्रतिनिधि लगायतको आतिथ्यता रहेको थियाे ।
नेपाल तरुण दल देउमाई नगर कार्य समितिले आयोजनामा आगामी पाैष ६ गतेसम्म प्रतियोगितामा देउमाई नगरपालिकाका ९ वटा वडाको सहभागीता रहेकाे छ । ‘हाम्रो गोल, लागुऔषध दुर्व्यसनीविरुद्धको बोल’ भन्ने मूल नारासहित प्रतियोगिता विजेतालाई नगद ५५ हजार पाँच सय ५५ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
उपविजेता टिमलाई नगद ३३ हजार तीन सय ३३ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ। उदीयमान खेलाडी, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल रक्षक, सर्वाधिक गोलकर्तालाई समेत पुरस्कृत गरिने जनाइएको छ ।