इलाम । नेपाल पत्रकार महासंघ इलाम शाखाको नयाँ नेतृत्वका लागि युवा पत्रकार राम योङ्हाङ्गंले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । यही मंसिर २८ मा हुने निर्वाचनमा महासंघको वर्तमान इलाम शाखा कोषाध्यक्ष रहेका योङ्हाङ्गले अध्यक्षमा उम्मेदवारी दिएका हुन् । इलामस्थित तीन पत्रकार संगठन र ९ जना सदस्य रहेको स्वतन्त्र पत्रकार समूह सहित स्वतन्त्र समावेशी श्रमजिवी पत्रकारहरुको साझा प्यानलबाट योङहाङ्ग साझा उम्मेदवार बनेको स्वतन्त्र पत्रकार समूहका संवाद समिति संयोजक प्रेम अधिकारीले जानकारी दिए ।
२१ वर्षदेखि सामाजीक संघसंस्थामा योगदान गर्दै व्यवसायी पत्रकारितामा क्रियाशील राम योङ्हाङ्ग पत्रकार महासंघ इलामको इतिहासमा पारदर्सी आयव्यय प्रस्तुत गर्ने प्रथम कोषाध्यक्ष हुन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघको दुई कार्यकाल अध्यक्ष रहेका योङ्हाङ्गलाई प्रेश सेन्टर नेपालका केन्द्रिय सदस्य रहेका छन्
इलामको माङ्सेबुङ्ग गाउँपालिका–३, इभाङमा जन्मिएर इलाम नगरपालिका–७ मा बसोबास गरिरहेका राम योङ्हाङ्ग १३ वर्षयता सौर्य राष्ट्रिय दैनिकमा कार्यरत छन् । उनी ८ वर्षदेखि नयाँ बुलन्द डट कमको सम्पादक भई काम गर्दै आएका छन् । नयाँ बुलन्द डट कम इलामको लोकप्रिय अनलाइन पत्रिका हो ।
राम योङ्हाङ्गले २०६४ सालबाट पत्रकारीता शुरु गरेका थिए । उनले इलाम एफएम इलाम, नागरिक एफएम झापा, इलाम पोष्ट दैनिक इलाम, पूर्व सन्देश दैनिक झापा, पिपुल्स टाइम्स दैनिक झापामा काम गरेका थिए । त्यस्तै मोफसल साप्ताहिक मोरङ, इक्ला साप्ताहिक इलाम, कमाण्डर पोष्ट राष्ट्रिय दैनिक काठमाण्डौमा विभिन्न मितिमा काम गरि संचार क्षेत्रको कार्यअनुभव रहेको छ ।
उनले आफ्नो सम्पादकत्वमा २०७३ सालबाट नयाँ बुलन्द डट कम संचालन गर्दै आएका छन् । नेपाल सरकारको सरकारी समाचार संस्था राष्ट्रिय समाचार समितिमा २०८० सालबाट काम गर्दै आएका छन् ।
योङ्हाङ्गले दुई वटा बिषयमा स्नातकोत्तर गरेका छन् । मानविकी संकायको ग्रामिण विकास र व्यवस्थापन संकायको जन प्रशासन बिषयमा स्नातकोत्तर गरेका छन् । उनले शिक्षा संकायमा स्नातक र कानुन संकायमा स्नातक अध्ययन गरेका छन् । स्वतन्त्र समावेशी श्रमजिवी पत्रकारहरुको साझा प्यानलले पत्रकार लोकेन थेवेलाई समर्थ गर्न निर्णय गरेको थियो । सोहि अनुसार खुल्ला उपाध्यक्षमा स्वतन्त्र समावेशी श्रमजिवी पत्रकारहरुको साझा प्यानलले उमेद्धवारी नदिएको हो । सो प्यानलबाट उपाध्यक्ष (महिला)मा सिर्जना श्रेष्ठ, सचिवमा बालकृष्ण बस्नेत, सह–सचिव समावेशीमा ज्ञानु लिम्बू, सह–सचिव खुल्लामा तीलबिक्रम दर्जी बिक्रिम, महिला सदस्यमा गंगा पराजुली, आदिवासी जनजाति सदस्यमा सङसेमी माङयुङ, खुला सदस्यमा देवीप्रसाद पौडेल, नमिन ढकाल र यामकुमार माबो लिम्बूले उमेद्धवारी दिएका छन् ।
साझा प्यानलले अधिकतम सबै पक्ष समेट्ने लक्ष्यका साथ कोषाध्यक्षमा उमेद्धवारी दिएका फरक क्षमता भएका भगिरथ भण्डारीको ठाउँमा उमेद्धवारी दिएन । त्यस्तै केन्द्रिय परिषद् सदस्य, प्रदेश परिषद् सदस्यमा उमेद्धवारी दिएको छैन । संचार क्षेत्रमा क्रियासिल रहेका पत्रकारहरुको चुनावमा आपशि प्रतिस्पर्धालाई कम गर्दै साझा नेपाल पत्रकार महासंघ बनाउने उदेश्यले क्रियासिल र योग्य व्यक्तिले उमेद्धवारी दिएको क्षेत्रमा उमेद्धवारी नदिएको स्वतन्त्र समावेशी श्रमजीवी पत्रकारको साझा प्यानलका सम्बाद समितिका सदस्य सुजन तिमसिनाले बताए । स्वतन्त्र समावेशी श्रमजीवी पत्रकारको साझा प्यानललाई प्रेश सेन्टर नेपाल, प्रेश मञ्च, समाजवादी प्रेश संगठन र ९ सदस्य स्वतन्त्र पत्रकारहरुको समूहको समर्थन रहेको छ ।