Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

इलाम गाेल्डकप : रेड स्टारकाे जितसंगै सेमिफाइनल समिकरण पुरा

इलाम गाेल्डकप : रेड स्टारकाे जितसंगै सेमिफाइनल समिकरण पुरा

  • सन्देश सम्वाददाता
  • मंगलबार, मंसिर २५ २०८१


इलाम गाेल्डकप : रेड स्टारकाे जितसंगै सेमिफाइनल समिकरण पुरा

इलाम । दाेश्राे इलाम गाेल्डकपकाे सेमिफाइनल समिकरण पूरा भएकाे छ । मच्छिन्द्र क्लब माथि रेड स्टार झापाले २-१ गाेल अन्तरकाे जित निकालेसंगै सेमिफाइनल भिड्ने टिम पक्का भएकाे हाे । प्रतियोगिताकाे पहिलाे सेमिफाइनल खेलमा घरेलु टिम रेड हर्स फुटबल क्लब र चर्च बाेइज भिड्ने छन् ।

दाेश्राे सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन न्यु राेड टिम ( एनआरटी ) र रेड स्टार झापा भिड्ने पक्का भएकाे हाे । खेलकाे सुरूवाती अग्रता झापाले लिएकाे थियाे ।

३५ ओै मिनेटमा आदित्य शाक्यले झापालाई अग्रता दिलाए । ७० ओै मिनेटमा मच्छिन्द्रका देवेन्द्र तामाङले बराबरी गाेल गरे । ८६ ओै मिनेटमा निरज कार्कीले गाेल गर्दै झापाकाे जित निश्चित गरे ।

खेलकाे म्यान अफ दि म्याच झापाका आदित्य शाक्य घाेषित भए । उनले नगद ८ हजार १ सय प्राप्त गरे । भाेली पहिलाे सेमिफाइनलमा घरेलु टिम रेड हर्स र चर्च बाेइज भिड्दै छन् ।

रेड हर्सले संकटा एफसी र चर्चले त्रिभुवन आर्मीलाई हराउँदै सेमिफाइनल पुगेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार