फिक्कल । प्रथम देउमाई कप फुटबलको दाेश्राे पुरस्कार क्यान्सर पिडित पूर्व खेलाडी एवम फाल्गुनन्द गाउँपालिका-३ का वडाध्यक्ष सुकविर नेम्वाङलाई सहयाेग गरिएकाे छ । देउमाई फुटबल क्लब ( डिएफसी) ले सुकविर नेम्वाङ बचाउ अभियानका अभियन्ता गाेपाल घिमिरेलाई नगद ३३ हजार ३ सय ३३ रूपैया सहयाेग हस्तान्तरण गरेकाे हाे ।
क्लबका अध्यक्ष सुनिल राईले क्लबकाे सामाजिम उतरदायित्व अन्तर्गत दाेश्राे पुरस्कार वापतकाे रकम सहयाेग गरिएकाे बताए । सहयाेग क्लबका अध्यक्ष सुनिल राई, सचिव सञ्जिव राई, दावा साङ्गे शेर्पा, क्षितिज किरण राई र सुरज राईले हस्तान्तरण गरे । प्रतियोगितामा देउमाई एफसी बी उपविजेता बनेकाे थियाे ।