इलाम । दोश्रो इलाम गोल्डकपको दोश्रो क्वाटरफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन न्यूरोड टिम (एनआरटी) सेमिफाइनल प्रवेश गरेको छ । पाहुना टोली दार्जिलिङको गोर्खाल्यान्ड टोरोटोरियल एडमिनिस्ट्रेसन आर्मी (जिटिए)–११ लाई २–१ गोल अन्तरले हराउँदै एनआरटीले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
सुरुवाती अग्रता जोगाउन नसक्दा जिटिए सेमिफाइनलमा पराजित भएको हो । खेलको ३९ औ मिनेटमा जिटिएले अग्रता बनाएको थियो । ३८ औ मिनेटमा पाएको पेनाल्टीको अवसरलाई भाइचुङ राईले गोल गर्दै अग्रता दिलाए । ४३ औ मिनेटमा नेमारले खेल बराबरी गरे ।
पहिलो हाफ १–१ बराबरी भएको खेलको ८५ औ मिनेटमा मार्टिनले अग्रता दिलाए । खेलकोे म्यान अफ दि म्याच एनआरटीका जय गुरुङ घोषित भए । उनले ८ हजार एक सय रुपैया प्राप्त गरे । अन्तिम क्वाटरफाइनल खेलमा चर्च व्वाइज युनाइटेड र त्रिभुवन आर्मी भिड्दैछन् ।