Local Sandesh शुक्रबार, कार्तिक २१ २०८३
  • ट्रेण्डिङ :

पत्रकार महासंघको केन्द्रिय सदस्यमा झापाका अग्रज पत्रकार दिपिन राईको उमेद्धवारी

पत्रकार महासंघको केन्द्रिय सदस्यमा झापाका अग्रज पत्रकार दिपिन राईको उमेद्धवारी

  • सन्देश सम्बाददाता
  • शुक्रबार, मंसिर २१ २०८१


पत्रकार महासंघको केन्द्रिय सदस्यमा झापाका अग्रज पत्रकार दिपिन राईको उमेद्धवारी

इलाम । नेपाली पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्यमा झापाका पत्रकार दिपिन राई (दिपेन्द्र) ले उमेद्धवारी दिने भएका छन् । ३० वर्षदेखि झापामा व्यवसायीक रुपमा पत्रकारीता गर्दै आएका दिपिन राईले केन्द्रिय सदस्यको उमेद्धवार दिने निर्णय भएको हो ।

प्रेश सेन्टर नेपालको २१ औँ प्रदेश समितिको बैठकको सिफारिसका आधारमा केन्द्रिय समितिले पत्रकार महासंघको केन्द्रिय सदस्यको उमेद्धवार बनाउने निर्णय गरेको हो । प्रेश सेन्टरको प्रदेश समितिबाट सर्वसम्मत केन्द्रिय सदस्यको उमेद्धवारमा सिफारिस गरेको हो । उनी अहिले नेपाल पत्रकार महासंघ झापा शाखामा लामो समयदेखि क्रियासिल रहेका छन् । राई झापाको अर्जुनधाराबाट प्रकाशित यलम्बर टाइम्स साप्ताहिकका सम्पादक हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार