Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

देउमाई कप : दाेश्राे पुरस्कार क्यान्सर पिडित वडाध्यक्ष नेम्वाङलाई सहयाेग गरिने

देउमाई कप : दाेश्राे पुरस्कार क्यान्सर पिडित वडाध्यक्ष नेम्वाङलाई सहयाेग गरिने

  • सन्देश सम्वाददाता
  • बिहिबार, मंसिर २० २०८१


देउमाई कप : दाेश्राे पुरस्कार क्यान्सर पिडित वडाध्यक्ष नेम्वाङलाई सहयाेग गरिने

राँके । प्रथम देउमाई कप फुटबलको दाेश्राे पुरस्कार क्यान्सर पिडित पूर्व खेलाडी एवम फाल्गुनन्द गाउँपालिका-३ का वडाध्यक्ष सुकविर नेम्वाङलाई सहयाेग गरिने भएकाे छ । प्रतियाेगिताकाे फाइनलमा आयाेजक देउमाई फुटबल क्लबकाे दुवै टिम पुगेपछि दाेश्राे पुरस्कार रकम ३३ हजार ३ सय ३३ रूपैया सहयाेग गरिने भएकाे हाे ।

क्लबका अध्यक्ष सुनिल राईले क्लबकाे सामाजिम उतरदायित्व अन्तर्गत दाेश्राे पुरस्कार वापतकाे रकम सहयाेग गरिने जानकारी दिए । पुरूष तर्फ आयाेजक ए र बी तथा महिला फुटबलमा सुकेपाेखरी एफसी र युनाइटेड देउमाई भिड्दैछन् ।

प्रतियोगिताकाे विजेताले ५५ हजार ५ सय ५५ र उपविजेताले ३३ हजार ३ सय ३३ पाउनेछ । देउमाई फुटबल क्लबकाे आयाेजनामा मंसिर १२ गतेबाट संचालन भएकाे प्रतियोगितामा पुरूष तर्फ २४ टिमकाे सहभागीता थियाे ।

१६ गतेबाट संचालन भएकाे महिला फुटबलमा ८ टिम सहभागी छन् ।
महिला तर्फ विजेताले २५ हजार ५ सय ५५ र उपविजेताले १२ हजार २ सय २२ पाउनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार