Local Sandesh शुक्रबार, कार्तिक २१ २०८३
  • ट्रेण्डिङ :

ब्राउन सुगरसहित इलामका २ जना पक्राउ

ब्राउन सुगरसहित इलामका २ जना पक्राउ

  • सन्देश सम्वाददाता
  • बिहिबार, मंसिर २० २०८१


ब्राउन सुगरसहित इलामका २ जना पक्राउ

फिक्कल ।इलामको सुर्योदय नगरपालिका- ८ स्थितबाट लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय २४ बर्षीय हिमाल शाक्य र २४ बर्षीय बिकाश भुजेल रहेका छन् ।

मंसिर १८ गते दिउँसो प्रहरी चौकी फिक्कलबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा हिमाल शाक्यको घरको कोठा खानतलासी गर्दा २०० मिलिग्राम ब्राउन सुगर, गाँजा ५० ग्राम, नेपाली रुपैया नगद १५ हजार ८ सय ५० र भारतीय रुपैँया ३ हजार ८ सय तथा बिभिन्न कम्पनीको ६ थान मोबाईल सहित दुवै जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनिहरुको जिल्ला प्रहरी कार्यालय इलामबाट थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार