Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

देउमाई कप : उपाधिकाे लागि आयाेजक ए र बी तथा देउमाई र सुकेपाेखरी भिड्ने

देउमाई कप : उपाधिकाे लागि आयाेजक ए र बी तथा देउमाई र सुकेपाेखरी भिड्ने

  • सन्देश सम्वाददाता
  • मंगलबार, मंसिर १८ २०८१


देउमाई कप : उपाधिकाे लागि आयाेजक ए र बी  तथा देउमाई र सुकेपाेखरी भिड्ने

राँके । प्रथम देउमाई कप २०८१ काे उपाधिकाे लागि पुरूष तर्फ आयाेजक देउमाई फुटबल क्लब (डिएफसी) ए र बी भिड्ने भएका छन् । आयाेजक बी ले मंगाेल एघार र आयाेजक ए ले न्यु किरणलाई हराएकाे हाे ।

पहिलाे सेमिफाइनल खेल आयाेजक बीले मंगाेल एघारलाई टाइब्रेकरमा ४-२ गाेल अन्तरले हराउँदै फाइनलमा स्थान बनाएकाे हाे । निर्धारित समयमा दुवै टिमले १-१ गाेलकाे बराबरी खेलेका थिए । मंगाेलका १ प्रहार गाेलपाेष्ट बाहिर गएकाे थियाे । अर्काे प्रहार गाेलरक्षक सफल घिसिङले बचाएका थिए । उनी खेलकाे म्यान अफ दि म्याच घाेषित भए ।

दाेश्राे सेमिफाइनल खेलमा आयाेजक ए ले न्यु किरणलाई टाईब्रेकरमा ४-१ गाेल अन्तरले हराउँदै फाइनलमा स्थान बनाएकाे छ । आयाेजकका गाेलरक्षक अनिष राईले न्यु किरणकाे २ वटा प्रहार बचाएका थिए । उनी म्यान अफ दि म्याच घाेषित भए ।

महिला तर्फ युनाइटेड देउमाई र सुकेपाेखरी भिड्ने भएका छन् । देउमाईले डम्बर देवी मावि र सुकेपाेखरीले आयाेजक डिएफसीलाई हराएकाे हाे । पहिलाे सेमिफाइनल खेलमा देउमाईले डम्बरदेवीलाई टाइब्रेकरमा ३-१ गाेल अन्तरले हराउँदै फाइनलमा स्थान बनाएकाे हाे । निर्धारित समयमा दुवै टिमले गाेल रहित बराबरी खेलेका थिए ।

टाइब्रेकरमा २ प्रहार बचाएकी गाेलरक्षक पवित्रा लिम्बू प्लेयर अफ दि म्याच घाेषित भइन् । दाेश्राे सेमिफाइनल खेलमा आयाेजकलाई टाइब्रेकरमा ५-३ गाेल अन्तरले हराउँदै सुकेपाेखरीले फाइनलमा स्थान बनाएकाे हाे ।

सुकेपाेखरीकी गाेलरक्षक जसाेदा लावती घाेषित भइन् । फाइनल खेल आगामी मंसिर २० गते हुनेछ । विजेताले ५५ हजार ५ सय ५५ र उपविजेताले ३३ हजार ३ सय ३३ पाउनेछ । देउमाई फुटबल क्लबकाे आयाेजनामा भएकाे प्रतियोगितामा पुरूष तर्फ २४ टिमकाे सहभागीता छ । महिला फुटबलमा ८ टिम सहभागी छन् ।

महिला तर्फ विजेताले २५ हजार ५ सय ५५ र उपविजेताले १२ हजार २ सय २२ पाउनेछ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार