इलाम । ताप्लेजुङको फुङलिङमा जारी दोस्रो कञ्चनजंघा (सेसेलुङ) अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप प्रतियोगितामा रेड डेभिल्स फुटबल क्लब माईजाेगमाई इलाम सेमिफाइनल प्रवेश गरेकाे छ । माेरङकाे डाँगीहाट फुटबल क्लबलाई टाईब्रेकरमा ४–२ ले पराजित गर्दै रेड डेभिल्सले अन्तिम चारमा स्थान सुरक्षित गरेकाे हाे ।
निर्धारित ९० मिनेटको खेल गोल रहित बराबरीमा सकिएपछि खेलेको निर्णय टाईब्रेकरबाट लिइएको थियो । मोरङका सुनिल खड्का र सञ्जय धिमालको प्रहार इलामका गोलरक्षक कुमार तामाङले गोल हुन दिएनन् ।
इलामका लागि सुजन फागाे,शेखर राई,समिर खजुम र मिङ्मा गुरुङका प्रहार गोलमा परिणत भए। इलामका निशान्त राई टाईब्रेकरमा गाेलमा परिणत भएन् ।
डाँटीहाटका रोमन भुजेल र कुमार तामाङका प्रहार गोलमा परिणत भएपनि दुईवटा टाईब्रेकर चुक्दा मोरङ क्वाटरफाइनलबाटै बाहिरिएकाे हाे । खेलकाे म्यान अफ दि म्याच इलामका गाेलरक्षक सुजन फागाे घाेषित भए ।
पहिलो क्वाटरफाइनल खेलमा आयोजक कञ्चनजंघा फुङलिङ क्लबलाई सडन डेथमा हराउँदै तेह्रथुमको सम्दु फुटबल क्लब यसअघि नै सेमिफाइनल पुगि सकेको छ।
प्रतियोगिताका विजेताले तीन लाख दुई हजार ८१ रुपैयाँ तथा उपविजेताले एक लाख ५१ हजार ८१ रुपैयाँ प्राप्त गर्नेछन्। सोमबार तेस्रो खेलमा गोधुली फुटबल क्लब धरान सुनसरीको भिडन्त भारत सिलगुढीको कञ्चनजंघा फुटबल क्लबसँग हुने छ।
मङ्गलवार न्यू स्टार क्लब बिर्तामोड झापाले पाँचथरको फिदिम स्पोर्टिङ क्लबसँग पहिलो चरणको अन्तिम खेल खेल्दै सेमिफाइनल समीकरण पूरा गर्ने छ।