राेङ । इलामकाे रोङ गाउँपालिका-६ जिर्मलेको दुईवटा स्वास्थ्य संस्थाहरुमा थेरापी सेवा सुचारु भएपछि सेवाग्राहीहरुको चाप बढेको छ । जिर्मले स्वास्थ्य चौकी र रम्भ्याङ आधारभुत स्वास्थ केन्द्रमा फिजियो थेरापी संगै अन्य सेवाग्राहीहरुको चाप रहेपनि न्युन जनशक्तिको कारण सेवा संचालनमा कठिनाई देखिएको छ ।
दुईजना स्वास्थ्यकर्मी रहेको रम्भ्याङ आधारभुत स्वास्थ्य केन्द्रमा गत मंसिर ९ गते देखि उपकरण संचालन गर्न दुई दिन स्वास्थ्यकर्मीलाई तालिम प्रदान थेरापिस्ट मनिषा पोखरेल उपस्थित हुँदा सेवाग्राहिहरुको चापको कारण बिहान ७ बजेवाट बेलुका ७ बजेसम्म नै चलाउनु परेको थियाे ।
अहिले पनि दैनिक ३० जना सेवाग्राहि आउने गरेको अनमी रुपा राईले बताइन् । नियमित स्वास्थ्यसेवा, खोप,रिपोर्टिङ लगायतको अतिरिक्त फिजियो थेरापी समेत सुचारु गरिँदा आफुहरुलाई अत्यन्तै कठिन अवस्था रहेको उनले बताइन् । सेवाग्राहीको चाप अनुसार एक बिरामीलाई ३५ मिनेट गरिनु पर्ने थेरापी १५ मिनटमा सक्नुपर्ने बाध्यता रहेको उनले बताए ।
हाडजोर्नि,मांसपेशीका दुखाई, नशा ,पक्षघात समस्या भएका बिरामीहरुलाई उपयोगि मानिने फिजियो थेरापीमा सोहि प्रकारका बिरामिहरु आउने गरेको छन् । यसवारेमा रोङ स्वास्थ्य शाखा प्रमुख युवराज काफ्लेसंग कुरा गर्दा सिमित जनशक्तिको बावजुत पनि सेवाग्राहिको चापअनुसार जनशक्ति थप गर्ने पहल भईरहेको र केहिदिनमै थप जनशक्ति ब्यवस्थापन गर्ने बताए ।
स्वास्थ्य सेवा लिन अशक्त,जेष्ठ नागरिकहरु आईरहदा जनशक्ति अभावको कारण लामो समयसम्म पनि पालो पर्खनु पर्ने बाध्यता रहेकोले छ । जनशक्ति ब्यवस्थापनमा स्थानिय सरकारले तुरुन्तै पहल गर्नुपर्ने स्थानिय युवा रजित साम्पाङले बताए ।