Local Sandesh शुक्रबार, कार्तिक २१ २०८३
  • ट्रेण्डिङ :

आर्थिक वर्ष २०७६÷७७ बाट थालनी, ६६ वर्षपछि इलामको नयाँबजार पक्कि

आर्थिक वर्ष २०७६÷७७ बाट थालनी, ६६ वर्षपछि इलामको नयाँबजार पक्कि

  • सुजन तिमल्सिना
  • बिहिबार, मंसिर १३ २०८१


आर्थिक वर्ष २०७६÷७७ बाट थालनी, ६६ वर्षपछि इलामको नयाँबजार पक्कि

माईजोगमाई (नयाँबजार) ।  बजार बसेको ६६ वर्षपछि इलामको माईजोगमाई गाउँपालिकाको केन्द्र नयाँबजार क्षेत्र पक्कि भएको छ । सन्त बालागुरुले २०११ सालमा स्थापना गरेको नयाँबजार क्षेत्र देश संघीय संरचनामा बदलिएपछि पक्कि भएको हो ।
नयाँबजार २०११ सालमा सन्त बालागुरुले स्थापना गरेको बजार हो । ऐतिहासिक बजारमा १७ वर्षदेखी व्यवसाय गर्दै आएका दिपेन राई वर्षातको हिलो र हिउँदको धुलोबाट हैरान थिए । वर्षातको हिलो उछिट्टिएर बिक्रि गर्न राखेका कपडामा टाँसिन्थ्यो । तर अहिले राईले राहातको महसुस गरेका छन् ।
२० वर्षबाट व्यवसाय गर्दै आएकी कुसुम दाहालपनि वर्षातको हिलो र हिउँदको धुलोबाट हैरान थिइन् । अहिले नयाँबजारको मुहान फेरिएसँगै व्यवसायी र सर्वसाधारणले राहातको महसुस गरेका छन् । नयाँ संविधान लागु भई देश संघीय ंसंरचनामा गएपछि इलामको उत्तरी क्षेत्रको ऐतिहासिक र पुरानो नयाँबजारको मुहार फेरिएको हो ।
नयाँबजार क्षेत्रको सडक ढलाई गरि व्यवस्थित गरिएपछि वर्षातको हिलो र हिउँदको धुलोबाट हैरानी बेहोर्दै आएका नयाँबजारबासीले राहातको महसुस गरेका हुन् । माईजोगमाई गाउँपालिकाको केन्द्र रहेको नयाँबजार क्षेत्रमा पक्कि संरचना निर्माणको काम २०७६ सालबाट शुरु भएको थियो । आर्थिक वर्ष २०७६÷७७ मा नयाँबजार क्षेत्रलाइ सफा र सुन्दर बनाउने योजनाका साथ पक्कि संरचना बनाइ सहरी क्षेत्रको ढलान थालिनी भएको हो ।
नयाँबजार क्षेत्रलाई व्यवस्थित गर्न माईजोगमाई गाउँपालिकाको २ करोड बढी लगानी भएको छ । ग्रामीण क्षेत्रमा उत्पादन भएको कृषि उपज र नगदेवाली खरिद बिक्रिको केन्द्र रहेको यो बजारमा २०७६ सालबाट २०७९ सम्म गाउँपालिकाले लगानी गरेको थियो । नयाँबजारमा कोशी प्रदेश सरकारले पनि बजार क्षेत्र व्यवस्थित गर्न बजेटको व्यवस्था गरेको थियो । सहरि सुन्दरता बढाउनुका साथै गाउँपालिकाको केन्द्र व्यवस्थित बनाउने कार्यले अहिले व्यवसायी उपभोक्ताले हिलो र धुलो झेल्नुपर्ने बाध्यता अन्त्य भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार