फिक्कल । प्रथम देउमाई कप २०८१अन्तर्गत ब्राईट स्टार एफसी फाक्तेप र न्यु किरण समाज विजय भएकाे छ । उद्घाटन खेलमा फाक्तेपले मिर्मिरे एफसीलाई सडन डेथमा हराएकाे हाे । निर्धारित समयमा दुवै टिमले ४-४ गाेल बराबरी खेलेका थिए ।
सडनडेथमा फाक्तेप ७-६ गाेल अन्तरले विजयी बन्याे । खेलको म्यान अफ दि म्याच ब्राइट स्टारका गोल रक्षक मिङ्सु लिम्बु घाेषित भए ।
त्यसै गरि दोस्रो खेलमा छ्ल्ला एफसी बिब्ल्याटेलाई न्यु किरण समाजले ३-० गाेल अन्तरले पराजित गर्न सफल रहयाे ।
खेलको म्यान अफ दि म्याच न्यु किरणका भबिन श्रेष्ठ घाेषित भए । आज देउराली एफसी र जिभी वाइसी साखेजुङ, पिवाइसी पाँचथर र सेभेन स्टार, डिएन एफसी टारगाउँ र मंगाेल-११ तथा फाेर स्टार एफसी र खान्द्रुङ एफसी भिड्नेछन् ।
विजेताले ५५ हजार ५ सय ५५ र उपविजेताले ३३ हजार ३ सय ३३ पाउनेछ । देउमाई फुटबल क्लबकाे आयाेजनामा भएकाे प्रतियोगितामा पुरूष तर्फ २४ टिमकाे सहभागीता छ । १६ गतेबाट संचालन हुने महिला फुटबलमा ८ टिम सहभागी छन् ।
महिला तर्फ विजेताले २५ हजार ५ सय ५५ र उपविजेताले १२ हजार २ सय २२ पाउनेछ । प्रतियोगिताकाे फाइनल मंसिर २० गते हुनेछ ।