Local Sandesh शुक्रबार, कार्तिक २१ २०८३
  • ट्रेण्डिङ :

मौरीको आधुनिक घार उत्पादनमा रोङ गाउँपालिका

मौरीको आधुनिक घार उत्पादनमा रोङ गाउँपालिका

  • सन्देश सम्बाददाता
  • बुधबार, मंसिर १२ २०८१


मौरीको आधुनिक घार उत्पादनमा रोङ गाउँपालिका

इलाम । मौरीको आधुनिक घार उत्पादन इलाममा सफल भएको छ । व्यवसायीक मौरी पालनमा किसानको आकर्षण बढ्दै गएपछि इलामको रोङ गाउँपालिकाले आधुनिक घार उत्पादन गर्न थालेको हो ।
रोङ गाउँपालिकाले गुणस्तरीय र व्यावसायिक मह उत्पादनमा प्राथमिकता दिएको छ । सधैँ र सबै ठाउँमा किन्न पाइँदैन ‘रोङ मह’ भन्ने नारालाई सार्थक बनाउन पालिकाले व्यवसायीक मौरी पालनसँगै आधुनिक घार उत्पादनमा सफल भएको हो ।
परम्परागत घारमा पालन हुँदै आएको मौरीलाई आधुनिक घारमा पालनको प्राथमिकता दिन रोङ गाउँपालिकाले ६ वर्ष अघि घार उत्पादनको अध्ययन थालेको थियो । परम्परागत घारमा मह उत्पादन कम र सुद्धतामा कमि आउँछ ।
गाउँपालिकाले मौरी प्रवद्र्धन कार्यक्रम संचालन गरि आधुनिक घार उत्पादन थालेको थियो । घार उत्पादनमा इच्छुक १० जनालाई गत वर्ष तालिमसहित प्रविधि हस्तान्तरण गरिएको छ । गाउँपालिकाले घार उत्पादन गर्ने उद्योगको क्षमतावृद्धिमा पनि सहयोग भएको गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोले बताए ।
मौरी पालनलाई गाउँपालिकाको पहिचानका रूपमा स्थापित गर्न मह र घार उत्पादनले प्राथमिकता पाएको हो । मौरीपालन व्यवसाय प्रवद्र्धनका लागि मौरी श्रोत केन्द स्थापना गरि आधुनिक मौरीपालनको सीपसँगै अनुदानमा घार वितरण गरिन्छ । गुणस्तरीय मह उत्पादन गरेर महको आफ्नै ‘ब्रान्ड’ बनाउने योजना गरेको गाउँपाकिलाले घार उत्पादनलाई पनि मुख्य लक्ष्य लिएको हो ।
गाउँपालिका भित्रका किसानलाई र अन्य जिल्लाको माग अनुसार घार उत्पादन रोङ गाउँपालिकामा हुन्छ । आधुनिक घारमा मौरी पालन गर्दा सुद्ध मह उत्पादन र सँगै गुणस्तरीय हुने प्राविधिक कुमार मुक्तानले बताए ।
घार उत्पादनका लागि रोङ गाउँपालिकाले निजी फार्म र सामुदायीक वनलाई सहयोग गर्दै आएको छ । गाउँपालिकाले हरेक वर्ष ५० हजार आधुनीक घार उत्पादन गरि निर्यातको गर्ने लक्ष्य राखेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार