इलाम । स्थानीय तहका जन प्रतिनिधिहरुको लागि तीन दिवसिय तालिम इलामको सूर्योदय नगरपालिकामा हुँदैछ । स्थानिय तहको काम, कर्तब्य, अधिकार र न्यायिक ब्यवस्था सम्बन्धि जानकारी दिने उदेश्यले तालिमको आयोजना गरिएको हो । कार्यक्रममा विकासको अवधारणा सम्बन्धि तालिम प्रदान गरिनेछ ।
३ दिनसम्म आयोजना भएको तालिममा नेपाल सरकारका पुर्व सचिव तथा विज्ञ काशिराज दाहालले सहजिकरण गरि रहेका छन् । तालिमको आयोजना इलाम नगरपालिका न्यायीक समिति र माईजोगमाई पालिका न्यायीक समितिले गरेको हो । तालिममा इलाम नगरपालिका, माईजोगमाई गाउँपालिका, रोङ गाउँपालिका, सूर्योदय नगरपालिका भित्रका न्यायीक समितिका सदस्यहरु र मेलमिलापकर्ताहरुको उपस्थिति रहेको छ ।