Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

आत्मानन्द गोल्ड कप : आयोजकलाई हराउँदै दमक भाङबारी अन्तिम चारमा

आत्मानन्द गोल्ड कप : आयोजकलाई हराउँदै दमक भाङबारी अन्तिम चारमा

  • सन्देश सम्वाददाता
  • सोमबार, मंसिर १० २०८१


आत्मानन्द गोल्ड कप : आयोजकलाई हराउँदै दमक भाङबारी अन्तिम चारमा

माङसेबुङ । दमक भाङबारी स्पोर्टिङ युथ क्लब इलामको धार्मिक पर्यटकिय क्षेत्र माङसेबुङमा जारी १७ औं संस्करणको आत्मानन्द गोल्ड कप २०८१ अन्तरराष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आज सोमबार भएको खेलमा आयोजक (युथ अफ माङसेबुङ) इलाममाथि ४–१ को सानदार जित निकाल्दै राष्ट्रिय खेलाडी र ए डिभिजन क्लवका खेलाडीहरुको वर्चस्व रहेको टिम दमक भाङबारी सेमिफाइनलमा प्रवेश गरेको हो ।

दमकको जितमा पेमा तामाङ, देवेन्द्र तामाङ, रोहन भुजेल र खमिर गिल्सन कन्दङवा लिम्बूले गोल गरे । आयोजकका लागि भने एक मात्र गोल आसाङ योङहाङले फर्काए ।

खेलको पहिलो हाफको १२ औं मिनेटमा पेमा तामाङको गोलमा दमकले अग्रता बनायो । तर, खेलको दोस्रो हाफको ४५ औं मिनेटमा आयोजकका आसाङ योङहाङले गोल गर्दै खेल बराबरीमा फर्काए ।

त्यसपछि खेलको अन्त्यतिर दमकका देवेन्द्र तामाङले गोल गर्दै अग्रता २–१ को बनायो । खेलको इन्जुरी समयमा रोहन भुजेल र खमिर गिल्सन कन्दङवा लिम्बूले लगातार गोल गर्दै दमकलाई ४–१ को जित दिलाए ।

खेलको मेन अफ दी म्याच दमक झापाका राष्ट्रिय खेलाडी समेत रहेका देवेन्द्र तामाङ घोषित भए । उनले ट्रफी र नगद ५ हजार ७१ रुपैयाँ हात पारे । मंगलबार दुधे यूथ क्लब झापा र चुलाचुली स्र्पोटिङ क्लब झापाविच हुनेछ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार