Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

आत्मानन्द गाेल्डकप : आज माङसेबुङ र दमक भाङबारी भिड्दै

आत्मानन्द गाेल्डकप : आज माङसेबुङ र दमक भाङबारी भिड्दै

  • सन्देश सम्वाददाता
  • सोमबार, मंसिर १० २०८१


आत्मानन्द गाेल्डकप : आज माङसेबुङ र दमक भाङबारी भिड्दै

माङसेबुङ । इलामको धार्मिक पर्यटकिय क्षेत्र माङसेबुङमा जारी आत्मानन्द गोल्ड कप २०८१ अन्तरराष्ट्रिय फुटबल प्रतियोगितामा आज आयोजक (युथ अफ माङसेबुङ) र दमक भाङबारी स्पोर्टिङ क्लव झापाविच प्रतिस्पर्धा हुदैंछ ।
माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आज सोमबार आयोजक र दमक भाङबारीविच प्रतिस्पर्धा हुने भएको हो । खेल दिउँसो २ वजे सुरु हुनेछ । यसअघि हिजो भएको खेलमा माङसेबुङ गाउँपालिका इलामलाई टाईब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै सिरिजङगा स्पोर्टिङ क्लब मोरङ सेमिफाइनलमा प्रवेश गरेको छ ।
खेल निर्धारित समयमा गोल रहित बराबरीमा सकिएपछि नतिजा टाईब्रेकरमा धकेलिएको थियो । टाईब्रेकरमा मोरङले बाजी मार्यो ।
टाईब्रेकरमा सिरिजङगा मोरङको लागि आशिस लावती, साैर्य राउत, धिरेन क्षेत्री, र रोशन धिमालले गोल गर्दा सुजन रसाइलीको प्रहार माङसेबुङका गोलरक्षकले बचाएका थिए । यस्तै माङसेबुङका बिशाल दर्जी, प्रविण राई र महेन्द्र लिम्बूले गोल गर्दा रजिन माझीको प्रहार बाहिरियो भने, मिलन राईको प्रहार मोरङका गोलरक्षक प्रमिजय गच्छदारले रोकेका थिए ।
खेलको मेन अफ दी म्याच सिरिजङगा मोरङका गोलरक्षक प्रमिजय गच्छदार घोषित भए । उनले नगद पुरस्कार ५ हजार प्राप्त गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार