राेङ । इलामकाे राेङ गाउँपालिका-६ काे सरस्वती माध्यामिक बिद्यालयमा सरस्वतीकाे मन्दिरकाे आज शिलान्यास गरिएकाे छ ।
बिद्यालय परिसरमा बन्ने बिद्याकी देवी सरस्वतीकाे बैदिक बिधिका साथ राेङ गाउँपालिकाका उपाध्यक्ष बिष्णुमाया खवासले शिलन्यास गरेकी हुन् ।
बिद्यालयले मन्दिर निर्माणकाे लागि गत दीपावलीकाे अवसरमा देउसी कार्यक्रमबाट १ लाख १ हजार ४७१ रुपैया नगद संकलन गरेकाे थियाे । जसकाे लागि लागत ३ लाख ४० हजार रहेकाे लागत साझेदारीमा राेङ गाउँपालिकाले ६० हजार थप गरिदिने भएकाे छ ।
बिद्यालय सेवाक्षेत्र बाहेक छिमेकि गाउँहरु तारगाउँ,सलकपुर,जाैवारी क्षेत्रहरूवाट पनि आर्थिक सहयाेग जुटिरहेकाे र कतिपय अभिभावकहरुवाट निर्माण सामाग्री रड,सिमेन्ट,वालुवा उपलब्ध गराउने प्रतिबद्धता आएकाेमा प्रधानाध्यापक गाेबिन्द पाैडेलले बताए ।
निर्माणाधिन मन्दिरकाे लागि अपुग रकमकाे लागि बिद्यालयमा काम गरेका शिक्षक,कर्मचारी पुर्व बिध्यार्थी हरुसंग पनि अनुराेध गरिएकाे बिव्यस अध्यक्ष प्रेम साङपाङकाे भनाई रहेकाे छ ।
मन्दिर निर्माण गरि आगामी बसन्त पञ्चमीकाे दिन प्राण प्रतिष्ठा सहित शिलन्यास गरिने लक्ष्य राखिएकाे छ ।