Local Sandesh शुक्रबार, कार्तिक २१ २०८३
  • ट्रेण्डिङ :

इलाममा होटल व्यवसायी महासंघको दोस्रो प्रदेश अधिवेशन र फुड फेस्टिबल हुँदै

इलाममा होटल व्यवसायी महासंघको दोस्रो प्रदेश अधिवेशन र फुड फेस्टिबल हुँदै

  • सन्देश सम्बाददाता
  • बिहिबार, मंसिर ६ २०८१


इलाममा होटल व्यवसायी महासंघको दोस्रो प्रदेश अधिवेशन  र फुड फेस्टिबल हुँदै

इलाम । खानाका परिकारहरुको माध्यमबाट इलाममा पर्यटक भित्र्याउनका लागि इलाममा फुड फेस्टिबलको आयोजना गरिने भएको छ । होटल ब्यबसायी संघ इलामको आयोजनामा यही मंसिर ८ र ९ गते दुई दिन इलाम सदरमुकाममा आयोजना गर्न लागिएको हो । सोहि दिन होटल ब्यबसायी संघ कोशी प्रदेशको सम्मेलन पनि आयोजना हुनेछ । इलाममा आयोजित पत्रकार सम्मेलनमा होटल ब्यबसायी संघका प्रदेश अध्यक्ष राजन दंगालले सो जानकारी दिएका हुन् । सम्मेलनमा प्रदेशका १४ जिल्लाबाट प्रतिनिधिहरुको उपस्थिति हुनेछ ।
सोहि अवसरमा होटल ब्यबसायी संघ इलामले इलाम सदरमुकाममा रहेको सिटि मार्टमा आयोजना गरिने प्रदर्शनीका साथ फुड फेष्टिबलको आयोजना गर्नेछ । फेस्टिबलमा रैथाने खानाका १६ स्टल रहनेछन् । जिल्लाका विभिन्न क्षेत्रका व्यवसायीले स्टल राख्ने संघका अध्यक्ष देबि पौडेलले जानकारी दिए ।
इलामस्थित होटेल व्यवसायी संघको आयोजनामा हुने प्रदर्शनीमा रैथाने खाना ढिँडो, गुन्द्रुक, मोही, नेवारी खाना, राई, लिम्बूलगायत विभिन्न जातजातिका सांस्कृतिक परिकार, भुटेको मकै लगायत रहने पर्यटन उपाध्यक्ष शारदा उप्रेतीले बताइन् ।
यता होटल व्यवसायी संघ इलामका महासचिव प्रकाश चापागाईंले इलाम आउने पर्यटकलाई रैथाने खानामा लोभ्याउन र प्रचार गर्न फेस्टिबलको आयोजना गरिएको बताउनुभयो। चापागाईंले फेस्टिबल साझमा सास्कृतिक कार्यक्रम समेत हुने जानकारी दिए ।
फेस्टिबलमा कोशी प्रदेशका १४ जिल्लाका आगन्तुकको सहभागी हुनेछ । प्रदर्शनीमा आउनेले दर्जनौँ प्रकारका रैथाने खानाको स्वाद चाख्न पाउने साथै फर्केर जादा कोसेलीको रुपमा समेत लैजान सक्ने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार