Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

मण्डला थिएटरका कलाकारद्धारा अन्तुमा नाटक “लय प्रकृतिको” प्रर्दशन

मण्डला थिएटरका कलाकारद्धारा अन्तुमा नाटक “लय प्रकृतिको” प्रर्दशन

  • सन्देश सम्वाददाता
  • बुधबार, मंसिर ५ २०८१


मण्डला थिएटरका कलाकारद्धारा अन्तुमा नाटक “लय प्रकृतिको” प्रर्दशन

फिक्कलः मण्डला थिएटरले इलामको सूर्योदय नगरपालिकाको अन्तुमा कचहरी नाटक “लय प्रकृतिको” प्रदर्शन गरेको छ । कलाको माध्यमबाट नागरिकलाई जलवायु परिवर्तन, पहिरो, बाढी, आगलागि र भूकम्प जस्ता प्रकोपका नकारात्मक असरबाट आफू, आफ्नो परिवार र समुदायलाई जोगाउने उपायबारे जानकारी दिदै नाटक प्रदर्शन गरिएको हो ।

नाटक “लय प्रकृतिको“ प्राकृतिक विपत्तिसँग सम्बन्धित छ । नाटकमा सोमनाथ खनाल, उमेश तामाङ, सागर खाती, मिलन कार्की, रेनु योगी, वेदना राई लगायत चर्चित कलाकारको अभिनय रहेको थियो । नाटकमा जथाभावि गरिने डोजरे बिकासको असर, बनजंलगमा गरिने आगजनी, मापदण्ड पुरा नगरि निर्माण गरिने संरचनाका कारण भुकम्पिय असर आदि बिषय समेटिएको थियो ।

नाटक सम्पन्न भए पछि सूर्योदयका नगर प्रमुख रण बहादुर राईले नाटकले यथार्थलाई चित्रण गरेको बताए । उनले यस्ता नाटकले प्राकृतिक बिपत्ति रोक्न सहयोग पुग्ने बताए । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी , शिक्षक , बिद्यार्थी लगायत स्थानीयको ठूलो संख्यामा उपस्थिति रहेको थियो ।

पछिल्लो समय नेपाली चलचित्र जगतका प्रसिद्ध कलाकार विजय बराल, बुद्धि तामाङ, प्रदिप कुमार चौधरी, नाजिर हुसेन लगायतका सुप्रसिद्ध कलाकारलाई मण्डला थिएटरमा देखिने गरिएको छ । मण्डला थिएटरले बिश्व बैंक, युके एड, क्यानडा, युसआइडी सहयोग र सूर्योदय नगरपालिकाको सहजीकरणमा नाटक प्रदर्शन गरेकोे थियो

प्रतिक्रिया
सम्बन्धित समाचार