Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

एनपिएल : खेल तालिका सार्वजनिक‚ विराटनगर र जनकपुरबीच उद्घाटन खेल

एनपिएल : खेल तालिका सार्वजनिक‚ विराटनगर र जनकपुरबीच उद्घाटन खेल

  • सन्देश सम्वाददाता
  • सोमबार, मंसिर ३ २०८१


एनपिएल : खेल तालिका सार्वजनिक‚ विराटनगर र जनकपुरबीच उद्घाटन खेल

काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपिएल) को खेल तालिका सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले यही मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म हुने एनपिएलको खेल तालिका आज साँझ सार्वजनिक गरेको हो।
एनपिएलको उदघाटन खेलमा विराटनगर किङ्गस र जनकपुर बोल्टबीच दिउँसो सवा १२ बजे प्रतिस्पर्धा हुनेछ।

डबल राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोली क्वालिफायरमा पुग्नेछन्। पहिलो क्वालिफायरमा पुग्ने दुवै टोलीबीच सीधै फाइनल प्रवेशका लागि पुस ३ गते प्रतिस्पर्धा गर्नेछन्। खेलको विजेता टोलीले सीधै फाइनलमा स्थान बनाउँदा पराजित टोलीले अंक तालिकाको तेस्रो र चौथौ स्थानमा रहने टोलीबीच हुने एलिमिनेटर खेलको विजेतासँग खेल्नुपर्नेछ।

अंक तालिकाको तेस्रो र चौथो स्थानमा रहने टोलीले पुस ३ गते नै एलिमिनेटर खेल्नेछन्। एलिमिनेटरको विजेताले फाइनल प्रवेशका लागि पहिलो क्वालिफायरमा पराजित टोलीसँग खेल्नुपर्नेछ। फाइनल खेल आगामी पुस ६ गते शनिवार हुनेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार