फिक्कल । वन पैदावार व्यवसायिक संघका केन्द्रीय अध्यक्ष रोहित खड्काको निधन भएको छ । ५४ बर्षिय खड्काको हृदयघातको कारण निधन भएको हो । सूर्योदय नगरपालिका–१० फिक्कलमा घरमा नै उनलाई हृदयघात भएपछि उपचारको लागि विर्तामोड स्थित बिएन्डसी अस्पताल लगिएको थियो । उपचारको क्रममा आज विहान ३ बजे निधन भएको हो ।
खड्का १४ औं साधारणसभा तथा ८ औं महाधिवेशनबाट दोश्रो कार्यकालको लागि अध्यक्षमा निर्वाचित भएका थिए । खड्का गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट सूर्योदय नगरपालिका–१० मा वडाध्यक्षको उम्मेदवार थिए ।