फिक्कल । इलामको सन्दकपुर गाउँपालिका–४ माबुमा निर्माणधिन काथोग नम्नङ होईसल क्षोलिङ गुम्बालाई २० लाख रुपैया सहयोग प्राप्त भएको छ । अष्ट्रेलियाको एडिलाडमा बसोबास गरिरहेका लामा रत्न गुरूङ, बिष्णु माया गुरूङ, लीला माया गुरूङ, बुद्धीमान गुरूङ र नैना घले गुरूङले गुम्बालाई २० लाख सहयोग गरेको वडाध्यक्ष ढाल बहादुर गुरुङले जानकारी दिए ।
गुरुङ परिवारले केही दिन अगाडी १०४ वर्षको उमेरमा निधन भएका हजुरआमा इन्द्रमाया गुरुङको ४९ औ पुण्यतिथी पारेर सहयोग प्रदान गरेका हुन् । प्राप्त सहयोग रकमबाट ४२ ओटा शान्त र ५८ ओटा रौद्र देवताहरू लगायत १३० वटा भन्दा ज्यादा देवता र केही मण्लाहरूको चित्र लेखन कार्य शुभआरम्म्भ गरिएको वडाध्यक्ष गुरुङले बताए ।