Local Sandesh शुक्रबार, कार्तिक २१ २०८३
  • ट्रेण्डिङ :

पूर्व सभामुख ढुंगानाको अन्त्येष्टि सोमवार

पूर्व सभामुख ढुंगानाको अन्त्येष्टि सोमवार

  • सन्देश सम्बाददाता
  • आइतबार, मंसिर २ २०८१


पूर्व सभामुख ढुंगानाको अन्त्येष्टि सोमवार

काठमाडौँ : पूर्व सभामुख दमननाथ ढुंगानाको अन्त्येष्टि सोमबार हुने भएको छ। नेपाल बार एसोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेका अनुसार उनका छोरा अमेरिकाबाट सोमबार आइपुग्ने भएकाले उनको अन्त्येष्टि सोमबार तीन बजेपछि हुनेछ।​

बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालले आइतबार दिउँसो ८३ वर्षीय पूर्व सभामुख ढुंगानालाई मृत घोषणा गरेको हो। अस्पतालका निर्देशक डा योगेश न्यौपानेले अस्पताल मृत अवस्थामा आइपुगेको जानकारी दिए। डा। न्यौपानेले भने‚ ‘आइतबार दिउँसो अचानक स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई उपचारका लागि अस्पताल ल्याइएको थियो। अस्पताल ल्याइपुर्‍याउँदा उहाँको मृत्यु भइसकेको थियो।’

ढुंगाना लामो समयदेखि कलेजो र मिर्गौला रोगको समस्याबाट पीडित थिए। २०४८ देखि २०५१ सम्म प्रतिनिधिसभाको सभामुख रहेका ढुंगाना वरिष्ठ अधिवक्ता थिए। ढुंगानाका श्रीमती, एक छोरी र दुई छोरा छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार