फिक्कल । नेकपा एमाले इलामको अध्यक्षमा गणेश बरालले अग्रता बनाएका छन् । १ सय मत गणना हुँदा बरालले ७२ मत प्राप्त गरे । उनका प्रतिद्धन्द्धी नरेन्द्रनाथ भट्टराईले २७ मत प्राप्त गरे । उपाध्यक्षमा उदय बहादु राईले अग्रता बनाएका छन् । राईले ४६ मत प्राप्त गर्दा निकटतम प्रतिद्धन्द्धी उमेश गुरुङले ३० मत प्राप्त गरे ।
उपाध्यक्षमा बुद्धि खनालले २२ मत प्राप्त गरे । सचिवमा प्रकाश अधिकारी र रामप्रसाद सुवेदी (रविन्द्र) ले समान ४८ मत प्राप्त गरेका छन् । उपसचिव पुरुषमा रमेशकुमार राईले अग्रता बनाएका छन् । उनले ३३ मत प्राप्त गर्दा निकटतम प्रतिद्धन्द्धी छवि श्रेष्ठले ३० मत प्राप्त गरे । त्यसैगरी उपसचिवमा याम बहादु राईले १७ र मानविर लुहागुनले ११ मत प्राप्त गरे ।
उपसचिव महिलामा दिलकुमारी लावती (दिलु योङहाङ लावती) ले ७२ मत प्राप्त गर्दा विष्णुमाया रिमाल (आचार्य) ले २३ मत प्राप्त गरिन् ।