Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

को–को हुन् एमाले इलामका निर्विरोध निर्वाचित ?

को–को हुन् एमाले इलामका निर्विरोध निर्वाचित ?

  • सन्देश सम्वाददाता
  • शुक्रबार, कार्तिक ३० २०८१


को–को हुन् एमाले इलामका निर्विरोध निर्वाचित ?

इलाम– नेकपा (एमाले) इलामको जारी ११औं जिल्ला अधिवेशनमा उम्मेदवारले मनोनयन दर्ता गराउँदा केही कोटामा निर्धारित संख्यामा मात्रै उम्मेदवारी परेको छ । उम्मेदवारी मनोनयन दर्तासूचीअनुसार प्रतिस्पर्धीले उम्मेदवारी दर्ता नगराएपछि निर्धारित संख्याका सदस्य निर्विरोध निर्वाचित भएको देखिएको छ । १ आदिवासी जनजाति युवा सदस्यमा मोहनदोर्जे कागतेको मात्रै उम्मेदवारी परेको छ । दलित खुला ३ सदस्यमा पनि छत्र दियाली, सन्तबहादुर विक र राजु विश्वकर्मा सदस्यको मात्रै उम्मेदवारी परेको छ । १ दलित महिला सदस्यमा लक्ष्मी नेपालीको मात्रै उम्मेदवारी परेको छ ।

सूर्योदयका महिला ४ सदस्यमा ललितादेवी नेपाल, गायत्रादेवी ओली, जयन्ती गिरी र गीता तामाङको मात्रै उम्मेदवारी परेको छ । सूनपामा १ दलितसहित २ युवा सदस्यमा पनि सरु गदाल र निरोज पौडेलको मात्रै उम्मेदवारी परेको छ । इलाम नगरपालिकाको १ दलितसहित ६ खुला सदस्यमा बृहस्पति उपरकुटी र १ दलितसहित दुई युवा सदस्यमा मनकुमार बराइलीको मात्रै उम्मेदवारी परेको छ ।

माई नगरपालिकाका ४ महिला सदस्यमा चन्द्रकला श्रेष्ठ, तेजकुमारी लिम्बू, पुष्पा खड्का र कमला गजमेरको मात्रै उम्मेदवारी परेको छ । देउमाई नगरपालिकाका १ दलितसहित ३ महिला सदस्यमध्ये एलिसा मग्राँतीको मात्रै उम्मेदवारी परेको छ । देउमाईको १ युवा सदस्यमा प्रवेश पराजुलीको मात्रै उम्मेदवारी छ । रोङ गाउँपालिका खुला २ सदस्यमा युवराज खाप्तुवा राई र प्रेमबहादुर पुमा र रोङकै १ महिला सदस्यमा विष्णुमाया खवासको मात्रै उम्मेदवारी परेको छ ।

माङ्सेबुङ गाउँपालिकाको खुला सदस्यमा हेमन्त राई र होमबहादुर लिम्बू, महिलामा सुनिता सुब्बा र युवामा भीमराज मादेन (निर्धारित संख्या) को मात्रै उम्मेदवारी परेको छ । फाकफोकथुम गाउँपालिका १ दलितसहित ३ खुला सदस्यमा सिद्धमान आले, प्रेमराज लिम्बू र होम तिखत्रीको मात्रै उम्मेदवारी परेको छ । फाकफोकथुमकै २ महिला सदस्यमा गायत्रीदेवी आचार्य रेग्मी र उमादेवी भण्डारी तथा १ युवा सदस्यमा सुमन दियालीको मात्रै उम्मेदवारी परेको छ ।

इलाका ११ बाट गणेश अधिकारी र १२ बाट खगराज कट्टेलको मात्रै उम्मेदवारी परेको छ । लेखा कमिटी अध्यक्षमा चूडामणि खनाल, उपाध्यक्षमा उमा शर्मा राई, सचिव प्रेम केसी तथा २ महिलासहित ४ सदस्यमा महिलातर्फ राधिका चौहान खड्काको मात्रै उम्मेदवारी परेको छ । एमालेका अनुसार कोटाअनुसारमात्रै उम्मेदवारी परेकाहरू निर्वाचित भएका छन् । तर, विजयी घोषणा गर्न बाँकी छ । पालिका पेज

प्रतिक्रिया
सम्बन्धित समाचार