Local Sandesh शुक्रबार, कार्तिक २१ २०८३
  • ट्रेण्डिङ :

दार्चुलामा जीप दुर्घटना अपडेट, सातजनाको मृत्यु

दार्चुलामा जीप दुर्घटना अपडेट, सातजनाको मृत्यु

  • सन्देश सम्वाददाता
  • शुक्रबार, कार्तिक ३० २०८१


दार्चुलामा जीप दुर्घटना अपडेट, सातजनाको मृत्यु

काठमाडौं : दार्चुलाको शैल्यशिखर नगरपालिका- ६ मा भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या सात पुगेको छ। ६ जना घाइते छन्। शैल्यशिखर-९ नक्तडका ४५ दिलीप विष्ट, लेकम गाउँपालिकाकाका ३० वर्षीय वीरेन्द्र रावल, २५ वर्षीया शान्ति रावलको मृत्यु भएको प्रहरी छत्रबहादुर निरीक्षक रावतले जानकारी दिए। प्रहरीका अनुसार रावलद्वय श्रीमान्- श्रीमती हुन्। यस्तै डिलासैनी गाउँपालिका ५ नगराउका अन्दाजी १६ वर्षीय सुजित बोहराको पनि मृत्यु भएको छ।

ज्यान गुमाउनेमध्ये दुई भारतीय नागरिक छन्। भारत विजनोर मोभारपुरका ४५ वर्षिय मोहम्मद सकिर र १८ वर्षिय मोहम्मद बसिलको मृत्यु भएको प्रहरी निरीक्षक रावतले जानकारी दिए। एक जनाको भने सनाखत हुन बाँकी रहेको छ । घाइते ६ जनाको उपचारगोकुलेश्वर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मालिकार्जुनबाट गोकुलेश्वरतर्फ जाँदै गरेको म १ ज ३३८ नम्बरको जीप बिहान ४ बजेतिर शैल्यशिखर नगरपालिका-६ मा दुर्घटना भएको थियो। जीपमा कतिजना सवार थिए भन्ने यकिन भइनसकेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया
सम्बन्धित समाचार