Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

इलामको सूर्योदयमा मानिसको शवको अंश फेला

इलामको सूर्योदयमा मानिसको शवको अंश फेला

  • सन्देश सम्वाददाता
  • बिहिबार, कार्तिक २९ २०८१


इलामको सूर्योदयमा मानिसको शवको अंश फेला

फिक्कल । इलामको सूर्योदय नगरपालिका–१४ र माई नगरपालिका–५ को सीमास्थित खोलामा मानिसको शवको अंश फेला परेको छ ।

ढुंगाको च्यापमा हड्डी अड्किएको अवस्थामा स्थानीयले फेला पारेपछि प्रहरी पुुगेर हेर्दा कम्मरमुनि (हिप) को भागसहितको एउटा खुट्टोजस्तो देखिन वस्तु फेला परेको प्रहरीले जानकारी दिएको छ ।

थप अनुसन्धानका लागि पशुपतिनगर प्रहरीमा ल्याइएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार शव कसको हो भन्ने पहिचान हुन सकेको छैन ।

शव कुहिएर नचिनिने अवस्थामा रहेको स्थानीयले जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार