Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

चर्चित खेलाडी शिखर धवनले कर्णाली याक्सबाट एनपीएल खेल्ने

चर्चित खेलाडी शिखर धवनले कर्णाली याक्सबाट एनपीएल खेल्ने

  • सन्देश सम्वाददाता
  • बिहिबार, कार्तिक २९ २०८१


चर्चित खेलाडी शिखर धवनले कर्णाली याक्सबाट एनपीएल खेल्ने

काठमाडौँ । कर्णाली याक्सले विश्व क्रिकेटकै चर्चित खेलाडी शिखर धवनलाई टोलीमा अनुबन्ध गरेको छ । हिमालयन विल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले बिहीबार धवनलाई अनुबन्ध गरेको जानकारी गराएको हो । सम्झौतामा मालिक झनक दत्त खनाल र खेलाडी धवनले हस्ताक्षर गरेका छन् ।

३८ वर्षीय बायाँ हाते ओपनरले भारतसँगै आईपीएलको दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स, सनराइजर्स हैदरावाद र पञ्जाव किंंग्सबाट खेलेका छन् । धवनलाई कर्णाली याक्समा अनुबन्ध गरेपछि मालिक झनक दत्त खनालले खुसी व्यक्त गरे । उनले नेपाली क्रिकेटकै लागि ठूलो उपलब्धि रहेको बताए ।

कर्णाली याक्समा अनुबन्ध भएका धवनले भारतको लागि ३२ टेष्टमा दुई हजार तीन सय १३ रन बनाएका छन् । १६७ एकदिवसीय खेलमा ६ हजार ७ सय ९३ रन बनाएका छन् । त्यस्तै, ६८ टी–२० अन्तर्राष्ट्रिय खेलमा एक हजार ७ सय ५९ रन बनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार