फिक्कल । इलामको सुर्योदय नगरपालिका–१३ जोरपोखरी ज्योती माध्यमिक विद्यालयले देउसी भैलो, सम्मान तथा वृहत सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिननाथ मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा सुर्योदय नगर प्रमुख रणबहादुर राईको प्रमुख आतिथ्यता तथा सुर्योदय नगरपालिका–१३ का वडाध्यक्ष हेमराज आचार्यको विषेश आतिथ्यता रहेको थियो ।
कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारहरुले आफ्नो कलाहरु प्रस्तुत गरेका थिए । विद्यालयमा निःशुल्क रुपमा सन्चालन भइ रहेको छात्रबास व्यवस्थापन गर्न र विद्यालयको विविध कार्य व्यवस्थापन गर्नका लागि देउसी भैलो कार्यक्रम गरिएको प्रधानाध्यापक दिपक पौडेलले जानकारी दिए । कार्यक्रमबाट संकलन भएको रकमले अक्षयकोषको स्थापना गरि विद्यालयको चौतर्फी विकासमा प्रयोग गरिने उनले बताए ।
कार्यक्रममा पुर्व विद्यार्थी, विद्यार्थी, अभिभावक, सम्मानित पुर्व शिक्षक कर्मचारी तथा अक्षयकोष दाता र विद्यालयलाई आर्थिक तथा भौतिक रुपमा सहयोग गर्ने दाताहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा प्रस्तुति दिने कलाकार, पुर्व शिक्षक तथा अक्षयकोष दाता साथै दाताहरुलाई विद्यालयले सम्मान पनि गरेको थियो । कलाकारहरुले निःशुल्क रुपमा सांगीतिक कार्यक्रम गरेका छन् ।
कार्यक्रम शिक्षक बिराज परियार, हरिबहादुर आचार्य र माधवप्रसाद भट्टराईले सन्चालन गरेका थिए ।