Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

इलाममा पहिचावादी मोर्चा गठन, संयोजकमा योङहाङ

इलाममा पहिचावादी मोर्चा गठन, संयोजकमा योङहाङ

  • सन्देश सम्वाददाता
  • बुधबार, कार्तिक २८ २०८१


इलाममा पहिचावादी मोर्चा गठन, संयोजकमा योङहाङ

इलाम : डा. महेन्द्र लावती नेतृत्वको पहिचानवादी मोर्चाले ईलामको संयोजकमा सन्तराम योङहाङ चयन भएका छन् । पहिलो जिल्ला भेलाबाट योङहाङको नेतृत्वमा ४६ सदस्यीय जिल्ला समिति गठन भएको हो । सहसंयोजकमा दोर्जे मोक्तान तामाङ, निर्मला चेम्जोङ र कुलबहादुर राई रहेका छन् । सदस्य सचिवमा अमृत तामाङ चयन भएका छन् ।

त्यसैगरी इलामका १० मध्ये ६ पालिकामा संयोजक समेत तोकिएको छ । इलाम नगरपालिकामा कुमार फत्र, देउमाई नगरपालिकामा पूर्णचन्द्र फियाक, माई नगरपालिकामा गंगा खम्बु, सन्दकपुर गाउँपालिकामा केबी थेबे, फाकफोकथुम गाउँपालिकामा दुर्गा थेगिम र चुलाचुली गाउँपालिकामा शिवेन्द्र योङ्याले जिम्मेवारी पाएका छन् ।

जिल्ला सल्लाहकारमा याम लावती र दिनेश चेम्जोङ रहेका छन् । भेलामा मोर्चाका संघीय समिति सदस्य सचिव गोपाल किराती, संघीय सदस्यहरु टुपेन्द्र येक्तेन, केदार धिमाल, टिकाराम बराईली र गंगा राई सेर्माको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार