Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

मंगलवार रविसँगको बयान सकिएन, बुधवार पुन : बयान

मंगलवार रविसँगको बयान सकिएन, बुधवार पुन : बयान

  • सन्देश सम्वाददाता
  • मंगलबार, कार्तिक २७ २०८१


मंगलवार रविसँगको बयान सकिएन, बुधवार पुन : बयान

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसँग बयान नसकिएकाले आज रुपन्देहीमै राखिएको छ। आज पहिलो दिन साँझसम्मै सरकारी वकिल कार्यायलमा बयान लिइएको र नसकिएकाले भोलि पुनस् बयान लिइने रुपन्देही प्रहरीले जानकारी दिएको छ।

बयान सकिएपछि मात्रै कास्की पठाइने रुपन्देही प्रहरीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक लक्ष्मी खनालले जानकारी दिइन्। बुटवलस्थित सुप्रिम सहकारीबाट १ करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा रकम पुगेको विषयमा अनुसन्धानका लागि उनलाई कास्कीबाट आज रुपन्देही लगिएको हो।

कास्कीको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका उनीमाथि अनुसन्धान जारी छ। सोही क्रममा रुपन्देहीमा समेत जाहेरी परेपछि उनीमाथि पक्राउ पुर्जीसमेत जारी भएको थियो। लामिछाने रुपन्देही लगिएपछि सहकारी पीडित र रास्वपाका कार्यकर्ताले आज छुट्टाछुट्टै प्रदर्शनसमेत गरेका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार