Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

नेकपा एमाले इलाम : उपाध्यक्षमा उदय, उमेश, बुद्धि र रमेश आकांक्षी

नेकपा एमाले इलाम : उपाध्यक्षमा उदय, उमेश, बुद्धि र रमेश आकांक्षी

  • सन्देश सम्वाददाता
  • मंगलबार, कार्तिक २७ २०८१


नेकपा एमाले इलाम : उपाध्यक्षमा उदय, उमेश, बुद्धि र रमेश आकांक्षी

फिक्कल । नेकपा एमाले इलामको आगामी कार्तिक २९ र ३० गते हुने ११ औ जिल्ला अधिवेशनमा उपाध्यक्ष पदका लागि ४ जनाको दावेदारी रहेको छ । उपाध्यक्ष पदमा उदय बहादुर राई, उमेश गुरुङ, बुद्धि खनाल र रमेश राईको दावेदारी रहेको छ । उदय बहादुर यसअघि महेश बस्नेतको कार्यकालमा समेत उपाध्यक्ष बनेका थिए । सन्दकपुर गाउँपालिकाको निर्वातमान अध्यक्ष राईले १० औ अधिवेशनमा ६०४ मत ल्याएर बिजयी भएका थिए ।

उनका निकटतम् प्रतिद्वन्द्वी याम अधिकारीले २ सय ३७ मत ल्याएका थिए । १० औ अधिवेशनबाट गुरुङ सचिवमा निर्वाचित भएका थिए । उनले ५ सय २७ मत ल्याएर विजयी हुँदा निकटतम् प्रतिद्वन्द्वी प्रकाश अधिकारीले २ सय २२ मत ल्याएका थिए । यसअघि उपसचिवमा पराजित भएका रमेश राईको उम्मेदवारी उपाध्यक्ष पदमा रहने एमाले श्रोतले बताएको छ ।

राई १० औ अधिवेशनमा उपसचिव पदमा १९७ मत ल्याएर पराजित भएका थिए । माई नगरपालिका–७ का वडाध्यक्ष समेत रहेका बुद्धि खनाल यसअघि खुल्ला जिल्ला सदस्यमा निर्वाचित भएका थिए । उनी ३७१ मत ल्याएर जिल्ला सदस्यमा निर्वाचित भएका हुन् । उनी पार्टीको जिल्ला सचिवालय सदस्य समेत रहेका छन् ।

अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव २ जना गरि ५ जना पदाधिकारी सहित १ सय ५ जनाको जिल्ला कमिटी एमालेको ११ औँ जिल्ला अधिवेशनले चयन गर्नुपर्नेछ । इलामका १० स्थानीय तह, तीन इलाका कमिटी, एक शाखा कमिटी र २१ जनवर्गीय संगठनबाट प्रतिनिधि छनौट भएका छन् । अधिवेशनका लागि ५ सय ८३ जना प्रतिनिधि छनौट भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार