फिक्कल । नेपाली महिला राष्ट्रिय टिमकी कप्तान एवम गाेलरक्षक एन्जिला तुम्वापाे सुब्बा सम्मानित भएकी छन् । जिल्ला फुटबल संघ इलामले सुब्बालाई उनकाे गृह नगर सूर्याेदय नगरपालिकामा सम्मान गरेकाे हाे ।
सूर्याेदय नगरपालिका-१० फिक्कल स्थित कान्दुक फुटसलमा कार्यक्रम उनलाई दाेसल्ला र सम्मानपत्र प्रदान गरिएकाे छ । काेशी प्रदेश फुटबल संघका सदस्य ज्ञान बहादुर राई र जिल्ला फुटबल संघ इलामका उपाध्यक्ष डिडेन देवानले दाेसल्ला र सम्मानपत्र प्रदान गरे ।
साथै जिल्ला फुटबल संघमा आवद्ध इलाम-१ का ६ वटा क्लबले मायाकाे चिनाे प्रदान गरे ।