इलाम– इलामस्थित गैरसरकारी संस्था महासंघको जिल्ला अध्यक्षमा भक्त थामी चयन भएका छन् । शनिबार सदरमुकाममा सम्पन्न १०औं जिल्ला अधिवेशनले थामीको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको हो ।
उपाध्यक्षमा इन्दिरा घिमिरे, सचिवमा मनकुमार बराइली, सहसचिवमा कमला राया घिमिरे र कोषाध्यक्षमा शंकर आचार्य चुनिए । सदस्यमा नेत्रप्रसाद लुइँटेल, सारदा उप्रेती, नानुका खत्री र दीपा आचार्य छानिएका छन् ।
अधिवेशन अवसरमा इलामको चेतना नाट्य समूहलाई सम्मान गरिएको छ । निवर्तमान अध्यक्ष कमल नेपालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।