Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

परोपकार फुटबलकाे उपाधि ज्योति स्पाेर्टिङलाई

परोपकार फुटबलकाे उपाधि ज्योति स्पाेर्टिङलाई

  • सन्देश सम्वाददाता
  • मंगलबार, कार्तिक २० २०८१


परोपकार फुटबलकाे उपाधि ज्योति स्पाेर्टिङलाई

नयाँबजार । इलामकाे माइजोगमाई गाउँपालिका–५, शिरिसे माविको खेल मैदानमा सञ्चालित दोस्रो सामुदायिक परोपकार फुटबल प्रतियोगिताको उपाधि ज्योति स्पोर्टिङ क्लबले जितेको छ ।फाइनलमा सुनौलो फुटबल क्लब माइजोगमाई ४ लाई ६-२ गोलान्तरले पराजित गर्दै ज्योतिले उपाधि उचालेको हो ।पहिलो हाफमा ३ गोल गरेको ज्योतिले दोस्रो हाफ थप ३ गोल गरेको थियो । सुनौलो फुटबल क्लबले पहिलो हाफमा १ गोल गरेको थियो, दोस्रो हाफमा अर्को थप्यो ।

दोस्रो हाफ दबाबमा राखेको ज्योतिले थप ३ गोल गरेको थियो । ज्योतिको तर्फबाट टिम कप्तान जुयल राईले दुई, सचिन राईले १ र लभकुश राईले ह्याट्रिक गरे । उपाधि जितेसँगै ज्योतिले नगद ६१ हजार एक सय ६१, आकर्षक ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता सुनौलोले नगद ४१ हजार एक सय ४१, ट्रफी, मेडल र प्रमाणपत्रमा प्राप्त गरेकाे छ ।

उदयीमान खेलाडी सुनौलो फुटबलका बेनुप देवान, उत्कृष्ट डिफेन्डर ज्योतिका सागर न्यौपाने, उत्कृष्ट गोलरक्षक ज्योतिका रोजन राई, म्यान अफ द म्याच ज्योतिका लबकुश राई र सर्वाधिक गोलकर्ता ज्योतिका जुयल राई घोषित भए कात्तिक ९ मा प्रतियोगिता सुरु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार