Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सरस्वती माविमा पूर्व शिक्षक चापागाईंबाट ५० हजारकाे अक्षयकाेष

सरस्वती माविमा पूर्व शिक्षक चापागाईंबाट ५० हजारकाे अक्षयकाेष

  • सन्देश सम्वाददाता
  • बिहिबार, कार्तिक १५ २०८१


सरस्वती माविमा पूर्व शिक्षक चापागाईंबाट ५० हजारकाे अक्षयकाेष

इलाम– इलामको माइजोगमाई गाउँपालिका–५, सोयाङस्थित सरस्वती माध्यमिक विद्यालयका पूर्वशिक्षक गुणराज चापागाईंले विद्यालयलाई ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गरिदिने भएका छन् ।

आफ्ना दिवंगत बुबा उमाकान्त र आमा लीलादेवीको स्मृतिमा पूर्वशिक्षक चापागाईंले विद्यालयलाई अक्षयकोष स्थापना गरिदने घोषणा गरेका हुन् ।

विद्यालयको ६९औं वार्षिकोत्सव अवसरमा पूर्वशिक्षक चापागाईंले अक्षकोष घोषणा गरेको प्रधानाध्यापक टेकराज तामाङले जानकारी दिए । तामाङका अनुसार घोषित अक्षयकोषको कार्यविधि तयार गरी कार्यान्वयन गरिनेछ ।

स्थानीयसमेत रहेका चापागाईंले आधारभूत शिक्षा यही स्कुलबाट हासिल गरेका थिए भने करिब तीन दशक यस विद्यालयमै सामाजिक विषय शिक्षकका रूपमा अध्यापन गरेका थिए ।

विद्यार्थीलाई पढाइमा प्रोत्साहन गर्न छात्रवृत्तिका लागि कोष स्थापना गर्न सहयोग गरेको पूर्वशिक्षक चापागाईंले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार